म्याग्दे गाउँपालिकाकाे सेवा प्रारम्भ नयाँ भवन बाट:



म्याग्दे गाउँपालिकाले नवनिर्मित भवनमा चैत्र १५ गतेका दिन शुभ साइतको अवसर पारि सामान्य पुजापाठ गरि कार्यालयको सेवा प्रारम्भ गरेकाे छ ।

विहिबार सामान्य पुजापाठ गरि कार्यालयको सेवा प्रारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले संयुक्तरूपमा पुजापाठ गरि शुभसाइत छाेपिएकाे हाे ।

नवनिर्मित भवनमा विहिबार शुभ साईतमा सेवा सुभारम्भ गरिएपनि भवन उद्घाटन अघि कार्यालयको नियमित सेवा भने हाल गाउँपालिका सन्चालन भईहेको भाडाको घरबाट नै सन्चालन हुने अधिकारी ले बताए ।
नवनिर्मित भवनको आगामी वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन भए पछि मात्रै सम्पुर्ण सेवा नयाँ भवनबाट हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । नयाँ भवनमा सबै सेवाहरू एउटै छानामुनि बाट हुने गाउँपालिकाले जनाएको छ । साथै सेवाग्राहीलाई बिशेश सेवा सहितको व्यवस्थापन मिलाइने भएको छ ।
नयाँ भवनबाट सेवा प्रवाह गर्ने गरि हालको कार्यालयमा रहेका जिन्सी सामाग्री, विद्युतीय सामाग्री तथा विभिन्न श्रेस्ता कागजातहरु सार्नु पर्ने तथा फर्निचर सहित विद्युतीय उपकरणहरु नयाँ सेटिङ गर्नुपर्ने भएकोले बैशाख २ र ३ गते गाउँकार्यपालिका तथा सम्पुर्ण वडा कार्यालयहरुमा सार्वजानिक बिदा दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न ३ तले भवनको डिपिआर इष्टमेट ९ करोड ९७ लाख ४८ हजार १ सय ८४ रूपया रहेको र इष्टमेट एमाउन्टमा ७ करोड ४८ लाख ८ हजार ९ सय ४८ रहेकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । सुसान जे भि रानिबारिले भवन निर्माणकाे ठेक्का पाएकाे र समयमै भवन निर्माण सकिसक्ने गरि काम अगाडि बढाएकाे थियो ।
२०७७ साल चैत १२ गते निर्माणकाे सम्झौता भइ २०७९ साल चैत १२ गते सम्पन्न गर्ने गरि भवन निर्माणकाे सम्झौता भएको थियो ।




































