आँबुखैरेनीमा महिला सुरक्षा, आत्मरक्षा तथा अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा महिला सुरक्षा, आत्मरक्षा तथा अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

आँबुखैरेनीमा महिला सुरक्षा, आत्मरक्षा तथा अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
महिला तथा किशोरीहरू दिनानुदिन विभिन्न प्रकारका सामाजिक, शारीरिक तथा साइबर हिंसाको जोखिममा परिरहेकाे वर्तमान परिवेशमा, तिनीहरूलाई सुरक्षा बारे सचेत गराउने, आत्मरक्षा गर्न सक्ने बनाउने र उनीहरूका मौलिक अधिकारबारे जानकारी प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम गरिएको हाे ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्र.नि. टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित राम शाह माध्यमिक विद्यालयसँग समन्वय गरी उक्त विद्यालयमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत छात्राहरू लक्षित गरी “महिला सुरक्षा, आत्मरक्षा तथा अधिकार” सम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम संचालन गरिएको हाे ।

कार्यक्रममा का.प्रमुख प्र.नि.टेक प्रसाद सुवेदी र प्र.स.नि. धन बहादुर थापाले मुख्य प्रशिक्षकको रुपमा सहभागी विद्यार्थी छात्राहरुलाई आफ्नो व्यक्तिगत सुरक्षा सम्बन्धमा सचेत बनाउने, आत्मरक्षा गर्न सक्ने सीप र आत्मबल विकास गराउने, यौन तथा साइबर हिंसाबाट जोगिन आवश्यक सतर्कता र उपायबारे जानकारी दिनुका साथै, विधमान कानुनले महिलालाई दिएको संरक्षण र अधिकारबारे अवगत गराएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page