गण्डकी प्रदेशमा कर्मचारी संगठन तनहुँ उत्कृष्ट भइ पुरस्कृत

गण्डकी प्रदेशमा कर्मचारी संगठन तनहुँ उत्कृष्ट भइ पुरस्कृत

सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस – २०८२ को सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिद्वारा आयोजित “सहिद स्मृति मूल समारोह” बाट गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्ला कार्य समिति उत्कृष्ट कार्य समिति घोषणा भई पुरस्कृत भएको छ ।

केन्द्रीय कार्य समितिद्वारा आयोजित “सहिद स्मृति मूल समारोह” बाट गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्ला कार्य समिति सर्बोत्कृष्ट कार्य समिति घोषित भई पुरस्कृत हुनु गौरवको विषय भएको तनहुँ जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य विजय कुमार श्रेष्ठले बताएका छन् ।

यो सम्मान जिल्ला अध्यक्ष त्रिपाठीको दूरदर्शी नेतृत्व, संगठनप्रतिको दृढ प्रतिबद्धता र निरन्तर प्रयासको प्रतिफल भएको श्रेष्ठले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन् ।
उहाँले संगठनलाई एकताको सूत्रमा बाँध्दै, कर्मचारी हितका सवालमा अग्रसर भूमिका निर्वाह गर्दै आउनुभएको छ , श्रेष्ठको भनाइ छ । तनहुँ संगठन हाल भगवान त्रिपाठीकाे नेतृत्वमा रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page