कमलेस बेपत्ता प्रकरण , खाेजीकाे लागि सशस्त्रको गाेताखाेर टाेली परिचालन , अनुसन्धान तिव्र

कमलेस बेपत्ता प्रकरण , खाेजीकाे लागि सशस्त्रको गाेताखाेर टाेली परिचालन , अनुसन्धान तिव्र

ब्यास नगरपालिका वडा नं १३ बेलवासका कमलेस चन्द ठकुरी बेपत्ता भएको १० दिन भएको छ । ऋषिङ १ झापुटारबाट साउन ७ गतेदेखि वेपत्ता भएका उनको अहिलेसम्म केही पत्तो लागेको छैन । निकै रहस्यमय घटनाका सम्बन्धमा प्रहरीले ६ जना युवाहरूलाई पक्राउ गरि अनुसन्धानलाई तिव्र पारेको छ । पटकपटक गरि ६ जना युवा र दुई युवती लगायत अन्य सराेकारवाला दर्जनौं सँग प्रहरीले बयान लिइसकेको छ ।
यता अनुसन्धान सँगसँगै बेपत्ता कमलेसकाे खाेजीलाइ पनि तिव्रता दिइएको छ । जसअनुसार बिहीबार दिनभरि भानुबाट आएकाे सशस्त्रको गाेताखाेर टाेलिले सुँडेकाे पुलसम्म नदिकाे आसपास खाेजी कार्य गरेको छ । यस्तै स्थानीय सयजना भन्दा बढीले झापुटारदेखी ऋषिङ्गका बिभिन्न डाँडा खाेल्सामा कमलेसकाे खाेजी गरेको छ । घटना थप पेचिलाे बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहुँकाे टाेलिलाइ अनुसन्धानमा सघाउन प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टाेली प्रदेश कार्यालयबाट आइ काम गरिरहेको छ । जिल्लाका अनुसन्धान अधिकृतकाे टाेली र प्रदेशका टाेली दिनरात नभनी अनुसन्धानमा खटिएको एक अनुसन्धान अधिकृतले बताए । हामी घटनाको यथार्थ सत्यतथ्य जुनसुकै हालतमा पनि सार्वजनिक गर्नेगरी चाैविसै घण्टा अनुसन्धान र साेधपुछमा लागेका छाैँ , ती अधिकृतले भने । पिडित पक्षले पनि हामीलाई राम्रो सहयोग गर्नुभएको छ , जसले हामीलाई अनुसन्धान गर्न सजिलो भएको छ ती अधिकृतले भने ।

जिल्लाको ऋषिङ्ग १ झापुटारबाट साउन ७ गते रातीदेखि २६ बर्षीय कमलेस चन्द रहस्यमय तरिकाले बेखबर बनाएको आरोपमा पक्राउ परेका बिरुद्ध किटानी जाहेरी दर्ता भइसकेकाे छ । चन्दका परिवारले जिल्ला प्रहरी कार्यालयमा गएर बेपत्ता सम्बन्धी कसूरमा उनीहरु बिरुद्ध किटानी जाहेरी दिएका हुन् । चन्द बेखबर भएको र उक्त घट्नामा ती व्यक्तिहरुको संलग्न रहेको पाइएपछि जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

कमलेसका बुवा दिलबहादुर चन्दका अनुसार ७ गते रातिदेखि झापुटारबाट छाेराे हराएको हाे । मेरो छाेराेकाे कि लास कि सास चाहियो , त्यसकै लागि प्रहरी कार्यालयमा न्याय माग्न आएका हाैं , जिल्ला प्रहरी कार्यालय अगाडि उनलेे भने । छाेराेलाइ केही युवाहरूले लखेटेर रहस्यमय तरिकाले बेपत्ता बनाएको उनलेे बताए । कसैले ढुंगा हान्ने कसैले धारिलो हतियार प्रहार गर्ने भन्ने सुन्नमा आएकाे छ यसको निस्पक्ष छानबिन गरि दाेषिलाइ कडा कारबाही हुनुपर्दछ उनलेे भने ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा घटना सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । हामीले विभिन्न ठाउँबाट ६ जना संकास्पद युवाहरूलाई नियन्त्रणमा लिएका छाैँ उनलेे भने । यस्तै दुइजना युवतीहरू पनि अनुसन्धानकाे दायरामा रहेको डिएसपी थापाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page