इन्स्पेक्टर राजु अधिकारी डिएसपीमा बढुवा सिफारिस
इलाका प्रहरी कार्यालय साराङघाट तनहुँ दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालयमा मुद्दामा कार्यरत इन्स्पेक्टर राजु अधिकारीलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बरियतामा अगाडि भएर पनि यसअघिकाे बढुवामा छुटेका अधिकारीलाई बुधबार बसेकाे बढुवा समितिकाे बैठकले बढुवा गर्न सिफारिस गरेको हाे ।

अनुशासन र निष्ठाका पर्यायका रूपमा चिनिएका अधिकारी जनतासँग संवाद गर्न सक्ने नेतृत्व, सहकर्मीमाझ संयम र निर्णय क्षमताका कारण प्रहरी संगठन भित्र छुट्टै पहिचान बनाएका अधिकृतकाे रूपमा चिनिन्छन् । लामो समय सिआइबि देखी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत अधिकारी ६० किलो ७१६ ग्राम सुन तस्करीबारे अनुसन्धानमा खटिएका सफल प्रहरी अधिकृत समेत हुन् । संगठित अपराधबारे अनुसन्धानमा अब्बल मानिने अधिकारी नेतृत्वमा इच्छाशक्ति, कार्यमा पारदर्शिता र व्यवहारमा इमानदारी तथा ऊर्जा र लगनशीलताका खानी हुन् । प्रहरी संगठनभित्र अनुशासित, निडर र रणनीतिक नेतृत्व क्षमता भएका अधिकृतका रूपमा समेत अधिकारीलाई हेरिने गरिन्छ ।

























