बन्दीपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाइ स्वागत , पुरानालाई बिदाइ
बन्दीपुर गाउँपालिकामा भर्खरै सरूवा भइ आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीलाई स्वागत तथा सरूवा भएर जान लागेका पुराना प्रमुख प्रशासकिय अधिकृत यादवराज आचार्यलाई बिदाइ गरिएको छ ।

बुधबार गाउँपालिकाकाे सभाहलमा भएको कार्यक्रममा स्वागत तथा विदाई एवम् ‘फेरि भेटौँला’ कार्यक्रम गरिएको हाे । कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा , उपाध्यक्ष पञ्चमाया गुरूङ लगायत जनप्रतिनिधि र कर्मचारीहरूकाे सहभागीता रहेको थियो ।

























