नेशनल प्याब्सन तनहुँ अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगीतामा तनहुँ तारापुञ्ज विद्यागृह प्रथम

नेशनल प्याब्सन तनहुँ अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगीतामा तनहुँ तारापुञ्ज विद्यागृह प्रथम

नेशनल प्याब्सन तनहुँ अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगीतामा व्यास नगरपालिका- ५ स्थित तनहुँ तारापुञ्ज विद्यागृह प्रथम भएको छ । प्रथम भएसँगै तारापुन्जले नगद दस हजार र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा लर्ड बुद्ध एकेडेमी भादगाउँ दित्तिय र बिनायक मेमोरियल एकेडेमी तृतीय भएको छ । उनीहरुले क्रमशः सात हजार पाँच सय र पाँच हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक जयराम अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा सान्त्वना हुने सात वटा विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने कुल २९ वटा विद्यालयले सहभागिता जनाएका थिए । बिशेश्वर खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालहरी रानाभाट रहेको क्विज शिक्षक बिस्वास केसीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page