कर्मचारी युनियनले मनायो २३ औँ स्थापना दिवश

कर्मचारी युनियनले मनायो २३ औँ स्थापना दिवश

नेपाल निजामती कर्मचारी युनियनले २३ औँ स्थापना दिवश मनाएको छ ।
राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता भन्ने मूल नारा बोकेको नेपाल निजामती कर्मचारी युनियनले २३ औँ स्थापना दिवश मनाएको हाे । बि.सं २०५९ साल भाद्र १९ गते तत्कालिन नेपाल निजामती कर्मचारी संघका अग्रज साथीहरुको सक्रियतामा सम्पूर्ण लोकतन्त्रबादी कर्मचारीहरु मिली भवानी प्रसाद थानीको अध्यक्षतामा नेपाल निजामति कर्मचारी युनियन गठन भएको सम्झना स्वरुप नेपालभर युनियन स्थापना दिवश बिबिध कार्यक्रम गरी भव्य रुपमा मनाइएकाे हाे । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न
स्थापना दिवश मनाउने क्रममा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँले यस वर्ष तनहुँ जिल्ला भानु नगरपालिका वडा नं ७ मा अवस्थित चण्डिका बालगृहमा आश्रित १६ जना अनाथ बालबालिकाहरुका लागि पोषाक, शैक्षिक सामग्री, खेलकुद सामग्री फलफूल लगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथी भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठी, कार्यक्रमका बिशिष्ट अतिथी भानु नगरपालिकाका नगर उपप्रमुख उमा गोतामे कार्यक्रमका अध्यक्ष नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठले संयुक्त रुपमा बालगृहका संरक्षक अमरसिंह गूरुङ्लाई हस्तान्तरण गरेका थिए ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँका पदाधिकारीहरु, नेपाल निजामती कर्मचारी युनियन भानु नगरपालिका पालिका अध्यक्ष लगायत उल्लेख्य कर्मचारीहरुको उपस्थिति रहेको थियो साथै उक्त कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिका बिद्यार्थी टोल संस्थाका पदाधिकारु समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँका उपाध्यक्ष श्री शकुन्तला तिवारीले उपस्थित सम्पूर्णमा स्वागत गरेकी थिईन् । कार्यक्रममा बालगृहका संरक्षक अमर सिंह गूरुङ्ले शुभकामना मन्तव्य सहित नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँलाई हार्दिक धन्यबाद दिएका थिए।
यसैगरी कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष राम हरि खनालले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा भानु नगरपालिका ७ नं वडाका वडाध्यक्ष खुम प्रसाद श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँका सचिव सुभास रेग्मीले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page