राष्ट्रपती पाैडेललाइ गृह जिल्लामा उद्घाटन र शिलान्यासमा भ्याइनभ्याई:

राष्ट्रपती पाैडेललाइ गृह जिल्लामा उद्घाटन र शिलान्यासमा भ्याइनभ्याई:

राष्ट्रपती रामचन्द्र पाैडेललाइ गृह जिल्ला तनहुँकाे विभिन्न कार्यक्रममा भ्याइनभ्याई भएको छ । पछिल्लो समय पाैडेल गृह जिल्लाका विभिन्न उद्घाटन र शिलान्यासकाे दाैडधुपमा छन् ।

सनिवार पाैडेलले चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने त्रिशुली नदीको मोटरेवल पुल (ठिमुराको पुल) उद्घाटन र देवघाट–५ स्थित देवघाट धर्मार्थ अस्पतालको नजिकै देवघाट गाउँपालिकाले निर्माण गर्न लागेको जेष्ठ नागरिक आश्रमको शिलान्यास गरेका थिए ।

यस्तै गरि राष्ट्रपति पाैडेलले यही चैत २३ गते भिमादमा रहेको जनज्योति क्याम्पसकाे वार्षिकोत्सब कार्यक्रममा आउने कार्यक्रम तय भएको छ भने बैशाख ३ गते म्याग्दे गाउँपालिकाकाे नवनिर्मित प्रशासकिय भवनको उद्घाटन पश्चात् साेहि दिनमा तनहुँ सुरमा रहेको खड्गदेवि मन्दिरको उद्घाटन तथा भानु जन्मस्थलमा निर्माण भएको भानुको शालीक उद्घाटन गर्न पाैडेल गृह जिल्ला तनहुँ आउने भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page