१२ औ आदर्श सातौ तारा स्मृति कप फुटबल प्रतियोगिताकाे तयारी तिव्र:

१२ औ आदर्श सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिता यही चैत २० गतेदेखि २४ गतेसम्म हुने भएको छ । प्रतियोगिताकाे लागि तयारी तिव्र पारिएको आदर्श नमुना क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए ।
युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना भन्ने मुल नाराका साथ आदर्श नमुना क्लब म्याग्दे-४. मनहरीकाे खेलमैदानमा प्रतियोगिता हुँदैछ । प्रतियोगिताकाे लागि खेलमैदान सरसफाइ गर्ने , निमन्त्रणा बाँड्ने लगायतका काम अन्तिम चरणमा पुगेको अध्यक्ष कायस्थले बताए । यस्तै प्रतियोगितामा भाग लिने १६ टिम समेत दर्ता भइसकेको उनलेे जानकारी दिए ।

उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमलाई ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने अध्यक्ष कायस्थले बताए ।

यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र डिफेण्डरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवका खेल संयाेजक सलन थापाले बताए ।

१६ टिमको मात्रै सहभागिता गराइने प्रतियोगिता भएकोले पहिले दर्ता गर्ने टिमलाइ मान्यता दिईएकाे संयाेजक थापाले जानकारी दिए ।

प्रतियोगिताका लागि सह-आयोजककाे रूपमा म्याग्दे गाँउपालिका वडा नं. ४ रहेको छ ।

क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । तनहुँ फुटबलको इतिहासमा १२ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page