तनहुँमा सुनार र पाैडेल बिच अन्तरजातीय बिवाहा

तनहुँमा सुनार र पाैडेल बिच अन्तरजातीय बिवाहा

परिवर्तित समयसँगै आजभोलि समाजमा अन्तरजातीय विवाह गर्नेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा साेमबार यस्तै एउटा अन्तरजातीय बिवाहा सम्पन्न भएको छ ।

कपिलवस्तु घर भएका उनिहरू केही समय अगाडि घर बाट भागेर व्यास १० मा आइ बसेका थिए । केटा आशिष सुनार तथा केटी नवीना पाैडेल – उनिहरूकाे जात नमिलेकाे कारण घरमा स्विकार्न नमानेपछि घर बाट भागेका थिए । नवीना व्याचलर पढ्दै गरेकि थिइन् तर त्यही बिचमा २० वर्षिय एक युवक सँग प्रेम सम्बन्धमा परिन् र छाेड्न नसकेर ती युवक सँग भागिन् ।
भागेर तनहुँ आएका उनिहरू बिचमा साेमबार जिल्ला प्रहरी कार्यालय हाताभित्र बिवाहा भएको थियो । केटी पक्षकाे अभिभावकले छुटाउन खाेजे पनि स्वयं केटीले म छुट्टिन सक्दिन भनेपछि उमेर पुगेको केटाकेटी भनेर बिवाहा गराएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहराले बताए । नेकपा लगायतका विभिन्न राजनीतिक दलको राेहबरमा अन्तरजातीय बिवाहा भएको हाे । केटाकेटीकाे सहमतिमा हामीले बिवाहा गराएको हाे एसपी बाेहराले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page