क्षेत्री समाज नेपाल म्याग्दे साविक जामुनेकाे अध्यक्षमा अधिकारी:

क्षेत्री समाज नेपाल म्याग्दे साविक जामुनेकाे अध्यक्षमा अधिकारी:

क्षेत्री समाज नेपाल म्याग्दे साविक जामुने ( १,२ र ३ वडा ) काे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रमेश अधिकारीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा सावित्रा कार्कि र मनबहादुर खड्का , सचिवमा पदमबहादुर खत्री , सहसचिवमा लक्ष्मी क्षेत्री र काेशाध्यक्षमा बिमला अधिकारि चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा निशा अधिकारी , लक्ष्मी सेन केसी , बिन्दुकला क्षेत्री , ध्रुव अधिकारी र लक्ष्मी क्षेत्री चयन भएका छन् ।
त्यस अगाडि भएको कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि क्षेत्री समाज नेपाल तनहुँका निवर्तमान अध्यक्ष राम ब. अधिकारीले उद्घाटन गर्दै क्षेत्रीहरू एकजुट हुनुपर्ने बताएका थिए । उक्त अवसरमा विशिष्ट अतिथि
क्षेत्री समाज जिल्ला कार्य समिति तनहुँ सहसचिव मञ्जु थापा , समिति सदस्य:- आशा बानिया लगायतका बक्ताहरूले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page