तनहुँका पन्त माल्टामा बेपत्ता
तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं ११ घर भई हाल रोजगारीको शिलसिलामा माल्टामा बस्ने प्रकाश पन्त बेपत्ता भएका छन् । गैर आवासीय नेपाली संघ
राष्ट्रिय समवन्य परिषद माल्टाका अनुसार पन्त
हराएको भनेर श्रीमती र भाईहरुले निबेदन दिएको बताइएको छ ।

सामाजिक संजालमा सुचना आउने बित्तिकै तथा निवेदन परेपछि माल्टाको इमिग्रेसन प्रहरी प्रशासन र डिटेन्सन सेन्टर सबै तिर बुझ्ने काम भएको गैरआवासीय संघ माल्टाले जानकारी दिएको छ ।

अहिलेसम्म उहाँ कतै पनि नभएको जानकारी पाएका छौ ! यो हामि माल्टाबासि नेपाली को लागी निकै दुखद खबर हो भन्दै संघले माल्टामा अबस्थित सामाजिक तथा राजनैतिक संघ संस्था समाज सेवी बुद्धी जीबी ब्यापारी लगाएत सम्पुर्ण साथीहरु एकजुट भएर उहाँको खोजि कार्यको लागि अग्रसर भएको
गैर आवासीय नेपाली संघ राष्ट्रिय समवन्य परिषद माल्टा कार्यसमिति परिवारले जनाएको छ ।




































