आँबुखैरेनी गाउँपालिकाले वैशाख २ गते बाट माेटर बाेट सञ्चालन गर्ने:

आँबुखैरेनी गाउँपालिकाले वैशाख २ गते बाट माेटर बाेट सञ्चालन गर्ने:

तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले वैशाख २ गते बाट
मरस्याङदी ड्याममा मोटर बोट सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले दिएको जानकारी मोटरबोट शुभारम्भ ऊर्जा मन्त्री शक्ति बस्नेतले गर्ने कार्यक्रम रहेको छ ।

मरस्याङदी डयाममा मोटर बोट सञ्चालन भएसगै आन्तरिक तथा बाह्य पर्यटक आँबुखैरेनी घुम्नका लागि आउने अनुमान गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउनका लागि ऐना पहरा ,छिम्केश्वरी ,आँदिमूल बाराही लगायतका स्थानमा पर्यटन पूर्वाधारका कार्यक्रमहरु अगाडि बढाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page