तनहुँमा ट्यापे , मुन्द्रेकाे भागाभाग:

तनहुँमा ट्यापे , मुन्द्रेकाे भागाभाग:

तनहुँमा बिगत केही दिनदेखि ट्यापे , गाँजे , चुल्ठे मुन्द्रे काे भागाभाग भएको छ । समाजमा बिकृति फैलाउने , समाजलाई असुरक्षित बनाउने तथा कुलतमा लागेका हरूलाइ ठाउँको ठाउँ प्रहरीले समात्न थालेपछि चुल्ठे मुन्द्रेकाे भागाभाग भएको हाे ।
तनहुँमा गत हप्ता मात्रै नयाँ प्रहरी प्रमुख अपिल राज बाेहरा आएकाे र १ हप्तामा सय जना कुलतमा लागेका युवालाई जसरी पनि समातेर ल्याउ भन्ने आदेश छ भन्ने सुनेका ट्यापेहरूले पक्राउ परिन्छ र सार्वजनिक मुद्दा खेप्न पर्छ भन्ने डरले भागाभाग भएका बताइएको छ ।

यश सम्बन्धमा तनहुँका प्रहरी प्रमुख एसपी बाेहरा सँग सम्पर्क गर्दा समाजलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने बिषयमा आफुले निर्देशन दिएकाे बताए । अहिलेसम्म कुलतमा लागेका , समाजमा हाेहल्ला गर्दै आतंकित वनाउदै हिडेका ६५ जना जति पक्राउ गरेको उनलेे जानकारी दिए । राम्रो परिवारका मान्छे पनि यसमा परेको देखिएको भन्दै उनलेे अस्पतालका डाक्टर ल्याएर जिल्ला प्रहरी हाताभित्रै त्यस्ता मानिसलाई परामर्श दिएको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page