१२ औं आदर्श तथा सातौ तारा स्मृति कप फुटबलको अध्यक्ष श्रेष्ठले उद्घाटन गर्ने:

१२ औं आदर्श तथा सातौ तारा स्मृति कप फुटबलको अध्यक्ष श्रेष्ठले उद्घाटन गर्ने:

तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा आजवाट सुरु हुने १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले उद्घाटन गर्ने भएका छन् ।

अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा मंगलबार दिउँसो प्रतियोगिताकाे उद्घाटनका लागि सम्पुर्ण तयारी पूरा भएको क्लवले जनाएको छ । यसको लागि सोमबार लक्की ड्र गरेर आयोजकले खेल तालिका समेत सार्वजनिक गरिसकेकाे क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले जानकारी दिए ।

युवाको कामना, सकारात्मक परिवर्तनमा आदर्श नमुना भन्ने मुल नाराका साथ आदर्श नमुना क्लब म्याग्दे-४. मनहरीकाे खेलमैदानमा प्रतियोगिता हुँदैछ ।

उक्त फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र तथा द्वितिय हुने टिमलाई ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्रदान गरिने अध्यक्ष कायस्थले बताए ।

यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र डिफेण्डरलाई विशेष पुरस्कारको व्यवस्था गरिएको क्लवका खेल संयाेजक सलन थापाले बताए ।

प्रतियोगिताका लागि सह-आयोजककाे रूपमा म्याग्दे गाँउपालिका वडा नं. ४ रहेको छ ।

क्लवले २०६८ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । तनहुँ फुटबलको इतिहासमा १२ बर्ष सम्म अनवरत रूपमा प्रतियोगिता आयोजना गर्ने आदर्श नमुना क्लव मात्रै रहेको क्लवले दाबि गरेको छ । क्लवले निर्माण गरेको खेलमैदान म्याग्देमै उत्कृष्ट समेत रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page