आँपपिपल अस्पतालमा नि:शुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया:

पालुङटार नगरपालिका गोरखाको समन्वय तथा आँपपिपल अस्पताल गोरखाको सह आयोजनामा कर्माफ्लाइट्स फाउन्डेसन नेपाल कास्की पोखराद्वारा आयोजित २ दिने नि:शुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको वृहत आँखा जाँच शिविर तथा मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया कार्यक्रममा पालुङटार नगरपालिकाको ७७६, राइनास नगरपालिकाको ४७१ जना र सिरानचोक गा.पा.को ५१७ जना गरि कुल १७६४ जना स्थानीय निबासीहरुको आँखा जाँच (Screening) गरिएको थियो ।

जस अन्तर्गत राइनास नगरपालिकामा २६ जना, सिरानचोक गा.पा मा ६७ जना र पालुङटार नगरपालिकामा २१ जना गरि जम्मा १२१ जनाको मोतियाविन्दुको पहिचान भएकोमा राइनास न.पा को १० जना महिला, ९ जना पूरुष गरि १९ जना, सिरानचोक गा.पा को २ जना महिला १२ जना पूरुष गरि १४ जना र पालुङटार न.पा को ८ जना महिला ८ जना पूरुष गरि जम्मा १६ जना गरि कुल ४९ जना मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको थियो ।

बृहत आँखा शिविर कार्यक्रम सम्पन्न भए पश्चात एक कार्यक्रमका बीच हिमालय आँखा अस्पतालका नेत्र रोग बिशेसज्ञ डा. श्री हरि माया गुरुङ, आँखा शिविर संयोजक श्री उमेश चन्द्र देबकोटा, कर्माफ्लाइट्स फाउन्डेसन नेपालका कार्यक्रम संयोजक प्रेम बहादुर कुवँर, आयरल्याण्डका दातृनिकायका प्रतिनिधि Robbi Hoade लगायतले कार्यक्रमको बारेमा धारणा राखेका थिए ।
पालुङटार नगरपालिका वडा नं ३ का अध्यक्ष तथा आँपपिपल अस्पताल बिकास समितिका सदस्य श्री रविन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप-प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि वन्दना पाण्डेले यस्ता कार्यक्रमलाई अझै निरन्तरता दिदै वृहत रुपमा अगाडि बढाउनु पर्ने बताइन् । अबका दिनमा नगर वासी एबम बिद्यालयहरुमा यस्ता कार्यक्रमहरु लिएर विद्यार्थीहरुको समेत आँखा तथा स्वास्थ्य चेकजाँच गर्ने उनलेे बताइन् । साथै हिमालय आँखा अस्पातल र सम्बन्धित दातृ निकायहरुको सम्बन्ध नगरपालिका स्तरबाट नै अझै प्रगाढ बनाउदै लैजाने बिषयमा उपप्रमुख पाण्डेले जोड दिइन् ।
उक्त अवसरमा कार्यक्रम सफल बनाउन खटिएका सम्पूर्ण टिम तथा कर्मचारीहरुलाई उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पाण्डेले प्रशंसा पत्र प्रदान गरेकाे अस्पतालका स्टाफ अविनाश गुरूङले बताए । सो कार्यक्रम अस्पतालका कर्मचारी श्री यादब प्रसाद पराजुलीले संचालन गरेका थिए ।





































