बिमलनगरमा बस र स्कुटर ठक्कर खाँदा गाेरखाका कुलराम र मनाेज घाईते
तनहुँकाे बिमलनगरमा भएकाे सवारी दुर्घटनामा २ जना घाईते भएका छन् । शनिबार दिउँसो बन्दीपुर गा.पा. ४ बिमलनगर स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नं. को बस र बिपरीत दिशा तर्फ जाँदै गरेको ग २६ प ९२८७ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा स्कुटर चालक गोरखा धार्चे गा.पा.- ७ बस्ने वर्ष अं. २८ कुलराम गुरुङ दुबै खुट्टामा चोट अवस्था सिरियस (बोल्न नसक्ने) र सोही स्कुटर पछाडी सवार साेही ठाउँ बस्ने बर्ष अं. ३२ को मनोज गुरुङ टाउकोमा चोट अवस्था सिरियस (बोल्न नसक्ने) अवस्थामा घाईते भई उपचारको लागि लक्ष्मी सि.टी. अस्पताल डुम्रे पठाईएकोमा थप उपचारको लागी CMC (नयाँ) भरतपुर चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

























