सापकोटाले सञ्चालनमा ल्याए तनहुँमै पहिलो पिजन हिल इन्स्टिच्युट अफ हस्पिटालिटी ट्रेनिङ सेन्टर

सापकोटाले सञ्चालनमा ल्याए तनहुँमै पहिलो पिजन हिल इन्स्टिच्युट अफ हस्पिटालिटी ट्रेनिङ सेन्टर

सफल युवा व्यवसायी विवेक सापकोटाले तनहुँमै पहिलो पिजन हिल इन्स्टिच्युट अफ हस्पिटालिटी ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएका छन् । व्यास २ दमाैली स्थित नेपाल बैंक अगाडि रहेको भवनमा उनलेे ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् । सिकाइ, शैली र आत्मविश्वासको छुट्टै संसारकाे रूपमा लिइएको उक्त हस्पिटालिटी सेन्टरमा आधुनिक कक्षाकोठाहरू, व्यावहारिक प्रशिक्षण प्रयोगशालाहरू, विशेषज्ञ सल्लाहकारहरू, र वास्तविक होटल जस्तो अनुभवकाे सुविधा लिन सकिने सञ्चालक विवेक सापकोटाले बताए ।


उक्त ट्रेनिङ सेन्टरमा बरिस्ता र बेकरी प्रशिक्षण र अन्य व्यावसायिक प्रशिक्षणहरू जस्तै कुकिंग/वेटर/वेट्रेस/कार्यालय व्यवस्थापन/रिसेप्शन/बारटेन्डर/हाउसकिपिङ लगायतका सुविधाहरू रहेका छन् । सञ्चालक सापकोटाले पहिलो खुल्ने महिनामा १०% छुट समेतको व्यवस्था गरिएको जानकारी दिए । हाेटल क्षेत्रमा दक्ष जनशक्तिको बिकास गर्न , बजारमा अहिले चरम वेरोजगारीको सामना गरिरहेका प्राय विद्यार्थीको अनुपातमा हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीले खाली हात वस्नु नपर्ने गरि तालिम प्रदान गरिने बताइएको छ ।  शिक्षा लिइसकेपछि रोजगारी पाउनु अर्को मुख्य कुरा भएकाले समेत हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्र कम जोखिममा धेरै लाभ लिन सकिने विषय समेत भएकाले यस क्षेत्रमा काम गर्न अफ्ट्यारो मान्नु नपर्ने बताइन्छ । सिटिभिटीकाे मापदण्ड अनुसार हाेस्टल सहितको व्यवस्थापनका साथ सञ्चालन भएको तालिम केन्द्रबाट लाभ लिने युवाहरू बैदेशिक राेनगारिकाे शिलशिलामा जाँदा समेत यही प्रमाणपत्र मान्यताप्राप्त हुने गरि काम गरेको सापकोटाले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page