बिद्यार्थीकाे मन जित्न सफल शान्ति वर्षमा नयाँ भर्ना खुल्यो:

बिद्यार्थीकाे मन जित्न सफल शान्ति वर्षमा नयाँ भर्ना खुल्यो:

बिद्यार्थीहरूकाे मन जित्न सफल व्यास ५ चापाघाटमा रहेको शान्ति वर्ष स्कुलले नयाँ भर्ना खाेलेकाे जनाएको छ । सुन्दर, शान्त एवं हरियाली वातावरणमा सञ्चालन भएको शान्ति वर्ष अंग्रेजी माध्यामिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना खुलेको बिद्यालयले जानकारि गराएको हाे ।

एस.इ.इ परीक्षामा राष्ट्रिय, जिल्ला एवं नगर स्तरीय पुरस्कार प्राप्त गर्न सफल यस बिद्यालय हरियाली शान्त र प्रदुषणमुक्त वातावरणमा बिगत लामो समय देखि सञ्चालन हुँदै आएकाे छ । सुविधायुक्त खुल्ला र उज्याला कक्षाकोठा एवं भुकम्प प्रतिरोधात्मक आफ्नै भवनको व्यवस्था भएको बिद्यालयमा यातायातको सुविधा र पर्याप्त खेल मैदानकाे समेत व्यवस्था रहेको छ ।

बिद्यालयमा अनुभवी तथा दक्ष शिक्षकहरुद्वरा पठनपाठनको व्यवस्था रहेको ,कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशालाको व्यवस्था भएको ,गरिव तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था भएको , दिवा तथा आवासीय छात्रावासको व्यवस्था भएको बिद्यालयका प्रिन्सिपल उदित पाैडेलले बताए ।
यस्तै बिद्यालयमा अतिरिक्त त्रियाकलाप अन्तर्गत नृत्य, संगीत र कराँतेको समेत व्यवस्था रहेको र नर्सिङ केयर युनिट को व्यवस्था साथै व्यवस्थित चमेनागृहको व्यवस्था रहेको प्रिन्सिपल पाैडेलले जानकारी दिए ।

शान्ति वर्षमा अध्यन गरेका थुप्रै बिद्यार्थीहरू डाक्टर , ईन्जिनियर लगायतका ठुला ठुला पदमा पुगिसकेको हुनाले पनि यश बिद्यालय धेरै बिद्यार्थीहरूकाे राेजाइमा पर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page