म्याग्देका महिलालाई मकैकाे भुत्लाबाट टाेपि र ब्याग बनाउने तालिम:

म्याग्देका महिलालाई मकैकाे भुत्लाबाट टाेपि र ब्याग बनाउने तालिम:

म्याग्देका महिलाहरूले सीपमूलक तालिम लिएका छन् । म्याग्दे गाउँपालिका वडा नं २ मा सञ्चालन भएको तालिममा वडा नं १ , २ , ३ र ७ नम्बर वडाका ३१ जना महिलाहरूकाे सहभागीता रहेको छ ।

तालिममा यत्तिकै खेर गइरहेका स्थानीय कच्चा पदार्थबाट आम्दानिकाे श्राेत बनाउन सकिन्छ भन्ने उद्धेश्यले मकैकाे भुत्लाबाट टाेपि , व्याग लगायत सजावटका सामाग्रीहरू बनाउने तालिम प्रदान गरिएको छ । तालिममा उत्साहका साथ महिलाहरूले भाग लिएका छन् ।

म्याग्दे गाउँपालिका उद्योग शाखा अन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत
१ महिने तालिम सञ्चालन गरिएको हाे । यश तालिमबाट सीप सिकेर महिलाहरूले सहज रूपमा आम्दानि गर्न सक्ने र स्वाबलम्बि तथा आत्मनिर्भर बन्न सक्ने गाउँपालिकाले अपेक्षा गरेको उद्योग शाखा प्रमुख अधिकृत साताैं प्रदिप न्याैपानेले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page