तनहुँ युनेस्को क्लवकाे कार्यालय व्यास २ दमाैलीमा

तनहुँ युनेस्को क्लवकाे कार्यालय व्यास २ दमाैलीमा

तनहुँ युनेस्को क्लवकाे कार्यालय व्यास २ दमाैली स्थित पिजन हिल इन्स्टिच्युट अफ हस्पिटालिटी ट्रेनिङ सेन्टर भएको भवनमा स्थापना गरिएको छ । एक महिना अगाडि मात्रै संस्था दर्ता ऐन २०३४ काे दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय तनहुँमा संस्था दर्ता भएपछि उक्त कार्यालय स्थापना गरिएको हाे ।

युनेस्को क्लव तनहुँका अध्यक्ष सराेज भण्डारीले कार्यालय स्थापना सँगै संस्थाले अब त्यहीँबाट गतिविधि गर्ने बताए। संस्था स्थापना भएको छाेटाे समयमै कार्यालय सञ्चालन भएपछि अध्यक्ष भण्डारीले खुसी व्यक्त गर्दै अब सामाजिक क्षेत्रमा लाग्ने बताए ।

संस्थाका सचिव वसन्त घर्तीका अनुसार युनेस्कोले अब हरेक बैठक कार्यालयमै बसेर गर्न सक्ने भन्दै कहाँ बैठक बाेलाउनेहाेला भन्ने समस्या हटेको बताए । संस्थाले समय सापेक्ष अब सामाजिक क्षेत्रमा काम अगाडि बढाउने उनलेे बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page