व्यासका मेयर न्याैपाने अन्तर्राष्ट्रिय संस्था संयुक्त शहर तथा स्थानीय सरकार एशिया प्रशान्तकाे सदस्यमा निर्वाचित

व्यासका मेयर न्याैपाने अन्तर्राष्ट्रिय संस्था संयुक्त शहर तथा स्थानीय सरकार एशिया प्रशान्तकाे सदस्यमा निर्वाचित

व्यास नगरपालिकाका नगरप्रमुख श्री वैकुण्ठ न्यौपाने प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था संयुक्त शहर तथा स्थानीय सरकार एशिया प्रशान्त (UCLG ASPAC) कार्यकारी ब्यूरो र परिषद् सदस्यका रूपमा २०२५–२०२७ कार्यकालका लागि निर्वाचित भएका छन्।

UCLG ASPAC ले अक्तोबर २०, २०२५ मा पठाएको आधिकारिक पत्रमार्फत नगरप्रमुख न्यौपानेलाई बधाई ज्ञापन गर्दै व्यास नगरपालिकाको अनुभव, दक्षता र दृष्टिकोणले सम्पूर्ण एशिया-प्रशान्त क्षेत्रमा स्थानीय सरकारहरूको सशक्तिकरण र सहयोग प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

पत्रमा महासचिव डा बर्नाडिया इरावती तजन्द्रादेवीले लेखेकी छिन्, कार्यकारी ब्यूरो र परिषद् सदस्यको रूपमा व्यास नगरपालिकाको निर्वाचनले दक्षिणपश्चिमका सदस्यहरूले व्यास नगरपालिकाको क्षमतामा राखेको विश्वास र आश्वासनलाई जनाउँछ।

UCLG ASPAC एशिया–प्रशान्त क्षेत्रका नगर र स्थानीय सरकारबीच नीति निर्माण, संवाद र दिगो विकासका लागि प्रमुख प्लेटफर्म हो। यस संस्थाले स्थानीय सरकारहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र नीति निर्माणमा प्रभाव पार्ने काम गर्दै आएको छ।

नगरप्रमुख न्यौपानेको यो चयनले व्यास नगरपालिकाको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने र नगरका विकास योजनाहरूलाई विश्वव्यापी सञ्जालसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

UCLG ASPAC को १० औं कांग्रेसकाे हालै गोयाङ विशेष शहर, कोरिया गणराज्यमा सम्पन्न भएको थियो। यस अवसरमा व्यास नगरपालिका कार्यकारी ब्यूरो र परिषद् सदस्य को रूपमा निर्वाचित भएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page