घुमाउनेकाे पुल बनाउन तनहुँ-१ का निवर्तमान सांसद डा. स्वर्णिम वाग्लेकाे दाैडधुप
आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदी माथिकाे पुल ११ वर्षदेखि अलपत्र भएपछि त्यसको निर्माणका लागि तनहुँ-१ का निवर्तमान सांसद डा. स्वर्णिम वाग्लेले दाैडधुप गरेका छन् ।

डाक्टर वाग्लेले जेन-जी आन्दोलनपछि बनेको सरकारका अर्थ मन्त्री रामेश्वर खनालसँग असोज २४ मा र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ्गसँग असोज २८ मा घुमाउनेको पुलकै विषयमा छलफल गरेकाे बताएका छन् । उनको याे सक्रियताले आयोजनाले पुन: गति लिन थालेको बताइएको छ। खोटांग जिल्लामा गत वर्ष यस्तै स्वरुपको पुल बगेपछि मन्त्रालयले ठेक्का तोड्न वा नयाँ डिजाइन पेश गर्न भनेर दिएको निर्देशनपछि निर्माण व्यवसायी मृत संजीवनीले मन्त्रालयमा स्वीकृतिका लागि नयाँ डिजाइन पेश गरेको छ। यो काम फत्ते गर्न विगत ३० महिनादेखि हामी लागिरहेकै छौं र चाँडैनै मन्त्रीहरुको स्थलगत निरीक्षण हुने योजना छ डाक्टर वाग्लेकाे सचिवालयले भनेको छ ।

विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिलर मात्रै ठडिएको छ ।



























