ऋषिङकाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि शुक्ला माविलाई

ऋषिङकाे राष्ट्रपति रनिङ शिल्डकाे उपाधि शुक्ला माविलाई

तनहुँको ऋषिङ गाउँपालिकाकाे आयोजनामा भएको सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ऋषिङ १ काे शुक्ला माध्यमिक विद्यालयको खेलमैदान झापुटारमा भएको प्रतियोगिताकाे उपाधि शुक्ला माविले जितेको छ । यस्तै रनिङशिल्ड प्रतियोगितामा द्धितीय शिव सरस्वती मावि र तृतीय महेन्द्राेदय मावि भएको छ ।

प्रथम भएको शुक्लाले १२ वटामा प्रथम , एकमा द्धितीय र तीनमा तृतीय हुँदै १६ वटामा जितेको हाे। यस्तै द्धितीय भएको शिवसरस्वती माविले प्रथम चार , द्धितीय चार र तृतीय दुई मा गरेर १० तथा तृतीय भएको महेन्द्राेदय मावी ले प्रथम तीन , द्धितीय एक र तृतीय एक गरि कुल ५ वटामा जितेको छ । यस्तै बालबिकास माविले प्रथम दुई , द्धितीय तीन र तृतीय चार गरि कुल ९ मा जित हासिल गरेको छ । प्रतियोगितामा पुरस्कृत टिमलाई ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ , उपाध्यक्ष गिनुमाया थापा , प्रमुख प्रशासकिय अधिकृत अनिल अंगाइ लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page