सञ्चालक समितिलाई थाहै नदिइ क्याम्पसमा उपाध्यक्ष चयन भएको भन्दै असन्तुष्टि

सञ्चालक समितिलाई थाहै नदिइ क्याम्पसमा उपाध्यक्ष चयन भएको भन्दै असन्तुष्टि

आदिकवी भानुभक्त क्याम्पस संचालक समितिको उपाध्यक्षमा श्रीराम कार्की चयन भएका छन् । क्याम्पस सन्चालक समितिको सोमबार बसेको बैठकले कार्कीलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताइएको छ । तर उक्त बैठकमा सबै सञ्चालक समितिलाई थाहै नदिइ निकट सदस्यहरूकाे मात्रै उपस्थितिमा कार्कीलाई चयन गरिएको भन्दै असन्तुष्टि बाहिर आएकाे छ । केही महिना अघि भएको सन्चालक समितिको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका कार्कीलाई सोही निर्वाचित सन्चालक समिति सदस्यहरु मध्धेबाट उपाध्यक्षमा मनोनयन गरिँदा सबै सदस्यलाई किन बैठकमा खबर गरिएन अहिले बहसको बिषय बनेको छ ।

यता सञ्चालक समितिका सदस्य भाग्यशाली ढुंगानाले मङ्सिर ८ गतेको बैठक बाट उपाध्यक्ष लगायत विभिन्न उपसमिति गठन भएको कुरा फेसबुक बाट अबगत भएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उनलेे आफ्नाे फेसवुकमा असन्तुष्टि पाेख्दै लेखेका छन् – आदिकवि भानुभक्त क्याम्पस ब्यास-१ बिज्ञान चौरको संचालक समितिको २०८२ मङ्सिर ८ गतेको बैठकबाट उपाध्यक्ष लगायत विभिन्न उपसमिति गठन भएको कुरा फेसबुक बाट अबगत भयो । कस्तो नियति दुई / तिहाइ थियोे त ? संचालक समिति सदस्यलाई फोन वा पत्राचार गरेर खबर किन गरिएन ? कुन सदस्य के हो हामीले लेखाजोखा राखेका छौ भन्ने हुङ्कार पनि सुनिएको थियो ।जेनजी पुस्ताले आन्दोलन गरेको साढे दुई महिना मात्र भएको छ । आदिकवि शक्तिको आढमा कहिले सम्म चल्ने ? सूचनाको हक बाट बन्चित ….
सदस्य ढुंगानाले आफ्नाे बिराेध एवम् असन्तुष्टि उपाध्यक्षमा चयन कार्कीको नभई त्यहाँको प्रवृत्तिकाे भएको जनाएका छन् । यता क्याम्पस सञ्चालक समितिकाे निर्वाचनमा अध्यक्षका उम्मेदवार कमलामाेहन वाग्लेलाई हराउन र काङ्ग्रेस भित्रकै अर्का उम्मेदवार केशबहादुर सुनारलाइ जिताउन एमाले निकटका भाेट तान्न एमाले पार्टी कार्यलयमै पुगेर मेयर बैकुण्ठ न्याैपानेले सम्झौता गरिसके अनुसार एमाले नेता कार्कीलाई उपाध्यक्ष दिएको समितिकै एक सदस्यले बताए । याे त त्यहीबेलाकाे सम्झौता हाे , अहिले त औपचारिकता मात्रै पुर्याउने काम भएको हाे ती सदस्यले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page