लायन्स क्लव अफ तनहुँ दमाैली र डुम्रेकाे आयाेजनामा बन्दीपुर ५ भुजेल गाउँ स्थित आदि वाराही प्राविमा न्यानो कपडा वितरण

लायन्स क्लव अफ तनहुँ दमाैली र डुम्रेकाे आयाेजनामा बन्दीपुर ५ भुजेल गाउँ स्थित आदि वाराही प्राविमा न्यानो कपडा वितरण

लायन्स क्लव अफ तनहुँ दमाैली र लायन्स क्लव अफ तनहुँ डुम्रेकाे आयाेजनामा बन्दीपुर गाउँपालिका वडा नं ५ भुजेल गाउँ स्थित आदि वाराही प्राविमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।

जाडोयाममा विद्यार्थीहरूलाई पठन–पाठनमा सहज बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई न्यानो सामग्री हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा क्लबका पदाधिकारीहरूले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्नु आफूहरूको सामाजिक जिम्मेवारी भएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए। विद्यालयका शिक्षक तथा अभिभावकहरूले लायन्स क्लबद्वयप्रति कृतज्ञता व्यक्त गर्दै न्यानो कपडाले विद्यार्थीहरूलाई जाडोमा विद्यालय जान सहज हुने विश्वास व्यक्त गरे।

समुदायमुखी सेवामा सक्रिय लायन्स क्लब अफ दमौली र लायन्स क्लब अफ डुम्रेको यो पहलले स्थानीय क्षेत्रमा सकारात्मक प्रभाव परेको स्थानीयहरूले बताएका छन्।

कार्यक्रममा न्यानो कपडा वितरण गर्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले भुजेल बस्तीमा आएर यहाँका ससाना बिद्यार्थीहरूलाइ न्यानो कपडा वितरण गरेकाेमा आयाेजक लायन्स क्लबलाई धन्यवाद दिए । लायन्स डुम्रेका अध्यक्ष सन्जिव श्रेष्ठ सँग सल्लाह गरेर भुजेल गाउँमा सहयोग गर्न अत्यन्तै सान्दर्भिक हुने हुँदा आफैले याे ठाउँलाई सुझाएकाे र क्लवले स्विकार गरेर सहयोग कार्यक्रम ल्याएकोमा गर्व लागेको उनको भनाइ थियो । बिपन्न परिवारकाे माझमा लायन्स आएकाे भन्दै अधिकारीले फेरि पनि यस्ता कार्यक्रम ल्याउन सुझाव दिए । कार्यक्रममा लायन्स दमाैलीका अध्यक्ष वसन्त जिसीले हामी भन्दा कम भाग्यमानी हरू भएको बालबालिका भएको ठाउँमा बर्षैपिच्छे लायन्स पुग्ने गरेको बताए ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ राकु , पुर्व अध्यक्ष सराेज भण्डारी , महेन्द्र रिजाल ,रनिल राेक्का , बिद्यालयकि प्रअ निर्मला अधिकारी लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page