काङ्ग्रेस तनहुँकाे एक क्षेत्रमा पुरानालाई टिकट दिँदा अर्को क्षेत्रमा जेनजी पुस्ताको सम्भावना बढी

काङ्ग्रेस तनहुँकाे एक क्षेत्रमा पुरानालाई टिकट दिँदा अर्को क्षेत्रमा जेनजी पुस्ताको सम्भावना बढी

नेपाली काँग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १ र २ का प्रत्यक्ष तथा समानुपातिक आकांक्षीहरूको नाम सिफारिस गरेको छ।
काँग्रेस क्षेत्रीय समितिको सिफारिसअनुसार तयार गरिएको नामावली जिल्ला कार्य समिति तनहुँको मंसिर २६ गतेको बैठकमा पारित भई गर्ने निर्णय गरिएको हो।
जसअनुसार क्षेत्र नम्बर १, प्रत्यक्षतर्फ
गोविन्द भट्टराई , राम चन्द्र पोख्रेल, सरिता गुरुङ, दिपक भट्टराई, रेशम गुरुङ, डा. जगदिश चन्द्र पोख्रेल, रमेश बाबू भट्टराई, पुरुषोत्तम खनाल, उद्धव पौडेल र श्याम कुमार मौरतीकाे नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर १, समानुपातिक तर्फ दलित: पुरुषतर्फ डोबाटे बि.क; महिला तर्फ यमुना बि.क, महिला: चिनु पोख्रेल, पवित्रा पौडेल र एलिजा ढकाल, जनजाती: मीरा जोशी, चिजा श्रेष्ठ ,अपाङ्ग/अल्पसंख्यक: प्रकाश पन्थ, जब्बरदिन मिया मुन्ना, सहिदा खातुन तथा अन्यमा: समुन्द्र गोदार, हरिदत्त पौडेल रहेका छन् ।
यस्तै क्षेत्र नम्बर २, प्रत्यक्षतर्फ शंकर भण्डारी, प्रदिप पौडेल, पुष्प राज पराजुली, चुडामणि खनाल, चाम बहादुर थापा, यदुनाथ खनाल र नवीन खनाल रहेका छन् । क्षेत्र नम्बर २, समानुपातिक तर्फ मायादेवी राना, इन्दिरा खनाल र सन्तोष घिमिरे रहेका छन् । यसरी हेर्दा पुराना तथा नयाँ अनुहारको उस्तै उस्तै संख्या देखिन्छ ।
काङ्ग्रेसमा एक क्षेत्रमा पुरानो लाइ दिँदा अर्को क्षेत्रमा नयाँ अर्थात् जेनजी पुस्तामा टिकट दिनुपर्ने स्थिति बन्न सक्छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दाेलन , देशको परिवर्तन र नयाँ पुस्ताको माग सम्बाेदन गर्न पनि काङ्ग्रेसले नयाँ र जेनजी पुस्तामा दुई मध्ये एक क्षेत्रकाे टिकट दिएर व्यालेन्स मिलाउनुपर्ने हुन्छ । यसले पनि टिकट वितरणको सन्दर्भमा पार्टीका पुराना र नयाँ नेता बीच प्रतिस्पर्धा बढ्दै जाने देखिन्छ । पार्टीका पुराना र वरिष्ठ नेताहरूले आफ्नो प्रभाव राख्ने प्रयास गरिरहेका छन् भने नयाँ पुस्ताका नेताहरूले आफ्नो स्थान बनाउनका लागि सक्रियता देखाएका छन्। खासगरी, पार्टीको नेतृत्वले चुनावमा युवाहरूलाई आकर्षित गर्नका लागि नयाँ र जेनजि पुस्तालाई प्राथमिकता दिने अपेक्षा उनिहरूकाे छ।

पार्टीले चुनावी टिकटको वितरणमा नयाँ र पुराना नेताहरूको बीच सन्तुलन राख्नकाे लागि योजना बनाउनुपर्ने आवाज उठिरहेको बेला जिल्लामा नयाँ अनुहारका चाम थापा , चुडामणि खनाल , रमेश बाबू भट्टराई , श्याम माैरती , उद्धव पाैडेल , नवीन खनाल , रेशम गुरूङ , दिपक भट्टराई लगायत मध्येबाट टिकट पाउने सम्भावना बढी देखिन्छ । पुराना नेताहरू जसले पार्टीको लामो समय सेवा गरेका छन्, उनीहरूको अनुभव र समर्थनलाई नजरअन्दाज नगरी, नयाँ र युवा नेताहरूलाई पनि अवसर दिने तयारी भइरहेको बताएको काङ्ग्रेसले चुनाव जित्नलाइ पनि एक क्षेत्रमा पुरानालाई टिकट दिँदा अर्को क्षेत्रमा नयाँलाई टिकट दिनुपर्ने हुन्छ ।

काङ्ग्रेसले जेनजि पुस्ताका नेताहरूलाई टिकट दिएमा पार्टीलाई नयाँ उर्जा र दृष्टिकोणको साथ अगाडि बढाउन मद्दत पुर्याउँछ। यसबारेमा अझै केहि स्पष्टता नआएको भए पनि, पार्टीको चुनावी रणनीतिमा युवाको सहभागिता बढाउने प्रयास भइरहेकाे काङ्ग्रेसले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page