एनप्याब्सन तनहुँ रनिङ शिल्डकाे उपाधि ग्रीनस्टारलाइ

एनप्याब्सन तनहुँ रनिङ शिल्डकाे उपाधि ग्रीनस्टारलाइ

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) तनहुँको आयोजनामा भएकाे तेह्राै खेलकुद महाेत्सव सम्पन्न भएको छ । जसअनुसार व्यास ५ ग्रीनस्टारले ५ स्वर्ण , ३ रजत र १ कास्य जित्दै रनिङ शिल्ड जित्न सफल भएको छ । यस्तै प्रतियोगितामा व्यास १ काे ईन्द्रेणिले ४ स्वर्ण २ रजत जित्दै द्धितीय भएको छ भने डुम्रेकाे मनास्लुले २ स्वर्ण र २ रजत जित्न सफल भएको छ ।

प्रतियोगितामा दमाैलीकाे पराशरले २ स्वर्ण र २ कास्य , ज्ञानगंगाले २ स्वर्ण र १ कास्य , न्यु मनकामनाले २ स्वर्ण , फिस्टेलले १ स्वर्ण , ४ रजत र ३ कास्य , दाेभानले १ स्वर्ण १ रजत र ४ रजत जितेका छन् । प्रतियोगितामा विजयी टिमलाई अध्यक्ष विशेश्वर खनाल , एनप्याव्सनकाे संस्थापक महासचिव अर्जुनबहादुर अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page