दमाैली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारण सभा सम्पन्न
व्यास २ दमाैली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको छैटाैं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभाकाे प्रमुख अतिथी व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै सहकारी संस्था संचालक र कर्मचारीको इमान्दारिता आवश्यक रहेको बताए ।
सहकारी संचालक बेइमानीका कारण केही सहकारीको रकम हिनामिना हुँदा ठूला ठूला नेता,साँसद र मन्त्रीका श्रीमतिहरुको भागाभागको स्थिति रहेको उनको भनाइ थियो । युवाहरुले संचालनमा ल्याएको उद्यमशील सहकारीले बिश्वास कमाउँदै सहकारीमाझ छुट्टै पहिचान बनाउने बिश्वास लिइएको उनलेे बताए । समयको माग अनुरुप प्रविधिमैत्री र पारदर्शितालाई प्राथामिकता दिएर अघि बढेको देख्दा खुशी लागेको बताउँदै नगरप्रमुख न्यौपानेले “दमौलीका केही सहकारीमा समस्या देखिएको छ,त्यस्तो हुन नदिन समयमै सचेत भएर अघि बढ्न सुझाव दिए ।
कार्यक्रममा व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्यमशील सहकारीका संचालकका लगनशीलता र पारदर्शिता कारोवारले सहकारीमाझमा छुट्टै पहिचान बनाउन सफल बनेको बताए ।
व्यास नगर सभासदस्य सरोज भण्डारीले शेयरसदस्यहरुको लगानी सुनिश्चित हुने गरी सहकारीको विधि विधान अनुरुप संचालन गरिनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ बिकलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तनहुँ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवीबहादुर बस्नेत,शुभश्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नविन श्रेष्ठ,सहकारीका शेयर सदस्य प्रदीप न्यौपाने लगायतका वक्ताहरुले सहकारी संचालनमा बिश्वासनीय गुम्नबाट जोगाउन लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष रामचन्द्र भट्ट र संचालन सचिव पूर्ण बिके र सिम्रन चन्दले गरेका थिए ।

सो अवसरमा सहकारीले विभिन्न व्यक्तित्वहरुलाई योगदानको कदर गर्दै सम्मान गरेको छ ।ज्येष्ठ नागरिक लक्ष्मी श्रेष्ठलाई लौरो र दोसल्ला ओढाएर सम्मान गरिएको छ भने ऋण उपसमिति संयोजक सुरेश अधिकारीलाई ऋण असुलीमा अतुलनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । त्यसैगरी असल बचतकर्तामा शंकर ज्ञावली र असल ऋणीमा लालुमाया सुनारलाई सो अवसरमा सम्मान गरियो ।


























