थर्पुमा सम्पन्न चाैंथाे वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा मेख र राजेशकाे जाेडी प्रथम

थर्पुमा सम्पन्न चाैंथाे वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा मेख र राजेशकाे जाेडी प्रथम

स्थानीय तहमा खेलकुद विकास र युवाहरूको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले थर्पुमा आयाेजना भएको वडा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा मेख थापा र राजेश थापाको जाेडी प्रथम भएको छ । थर्पु कबर्डहलमा सम्पन्न प्रतियोगितामा चित्र थापा र राजेन्द्र वाग्लेकाे जाेडी द्धितीय भएको छ भने टेकबहादुर कार्की र बिपिन घले तथा पुस्प र राजन नेपालीको जाेडी तृतीय भएको छ । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने टिमले क्रमश ३० हजार , २० हजार र ६/६ हजार रूपया नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

म्याग्दे ४ वडा कार्यालयको व्यवस्थापन तथा थर्पु युवा क्लवकाे आयोजनामा भएको प्रतियोगितामा २८ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगितामा बिजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने लक्ष्यका साथ प्रतियोगिता भएको थियो । थर्पु युवा क्लवका अध्यक्ष नवराज हमालकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख एसपी टेकबहादुर कार्की , नरसिंह राना , गाैरब राज राना लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page