दमाैलीका तीन युवा द्वारा ३० लाख लगानीमा ‘सेन्टर प्वाइन्ट मम एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा

विदेशबाट फर्केर स्वदेशमै उद्यमशीलताको उदाहरण व्यास नगरपालिका–२, सफासडक दमाैलीमा करिब ३० लाख रुपैयाँको लगानीमा ‘सेन्टर प्वाइन्ट मम एण्ड रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ। रेस्टुरेन्टको औपचारिक उद्घाटन गण्डकी प्रदेश सांसद अशोककुमार श्रेष्ठ र व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले संयुक्त रूपमा रिबन काटेर तथा केक काटेर गर्नुभएको हो।


रेस्टुरेन्टका सञ्चालक सन्दीप श्रेष्ठ, प्रताप श्रेष्ठ र सुदीप श्रेष्ठ हुनुहुन्छ। विदेशमा आर्जन गरेको अनुभव र सीपलाई आफ्नै ठाउँमा प्रयोग गर्दै स्वदेशमै केही गरौँ भन्ने उद्देश्यका साथ तीन युवाले संयुक्त रूपमा यो व्यवसाय सुरु गरेका हुन्।

‘सेन्टर प्वाइन्ट मम एण्ड रेस्टुरेन्ट’मा स्वादिष्ट फास्टफुडका विभिन्न परिकार, बर्थडे केक अर्डर सेवा,ु सुविधासम्पन्न बर्थडे सेलिब्रेसन हल, तथा शान्त, सफा र परिवारमैत्री वातावरणको व्यवस्था गरिएको छ। विशेषगरी पारिवारिक जमघट, जन्मदिन तथा साना समारोहका लागि उपयुक्त स्थलका रूपमा रेस्टुरेन्टलाई विकास गरिएको सञ्चालकहरूको भनाइ छ।
उद्घाटन समारोहमा बोल्दै अतिथिहरूले विदेश पलायनको सट्टा स्वदेशमै लगानी र उद्यमशीलतामा युवाहरूको सक्रियता सकारात्मक र प्रेरणादायी भएको उल्लेख गर्दै व्यवसायको सफलताको शुभकामना व्यक्त गर्नुभयो। स्थानीयस्तरमै गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको जनाइएको छ।

























