महेन्द्र मावि गुणादीको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
तनहुँ । महेन्द्र माध्यमिक विद्यालय, गुणादीको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद दत्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रवक्ता एवम् वडा नं. १ का अध्यक्ष मणिभद्र वाग्ले, पूर्व प्रवक्ता एवम् पूर्व वडा अध्यक्ष शिवशरण वाग्ले लगायत वक्ताहरू बिन्दु खनाल, दलबहादुर विक, विजयराज खनाल, मनोज अधिकारी, विष्णु नारायण श्रेष्ठ, शुभद्रा घिमिरे, विकास राज खनाल, नारायण प्रसाद खनाल, विजयराज वाग्ले र रविराज खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट संकलित रकमको पारदर्शी र प्रभावकारी सदुपयोग गर्न सुझाव दिनुभएको थियो।

कार्यक्रमको सञ्चालन शिक्षिका द्वय कल्पना न्यौपाने र उमादेवी भट्टराईले गर्नुभएको थियो भने प्रधानाध्यापक सोमबहादुर थापाले कार्यक्रमको उद्देश्य र विद्यालयको गतिविधिबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा अक्षयकोषमार्फत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

























