तनहुँमा सवारी दुर्घटना, पैदलयात्री दमाैलीकी एक महिलाको मृत्यु

तनहुँमा सवारी दुर्घटना, पैदलयात्री दमाैलीकी एक महिलाको मृत्यु


तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–२ पसलेस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।
२४ गते बिहान करिब ९ः२० बजेको समयमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २ च ९४९४ नम्बरको स्कर्पियो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा व्यास नगरपालिका–२ बालमन्दिर घर भई हाल म्याग्दे गाउँपालिका–२ पसलेस्थित आफन्तको घरमा गई फर्कँदै गरेकी ५२ वर्षीया जीवन माया बी.के. गम्भीर घाइते भएकी थिइन्।
घाइते बी.के.को अनुहार, पेट तथा दुवै हातखुट्टामा गम्भीर चोट लागेको र अवस्था नाजुक रहेकाले उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो। तर अस्पताल पुगेपछि गरिएको चेकअपका क्रममा बिहान करिब १०ः३५ बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page