युथ कांग्रेस नेपाल तनहुँको संयोजकमा सुनिल तिमल्सिना चयन
तनहुँ — युथ कांग्रेसको पूर्व केन्द्रीय महामन्त्री राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले युथ कांग्रेस नेपाल तनहुँको संयोजकको जिम्मेवारी सुनिल तिमल्सिनालाई तोकेको छ।
युथ कांग्रेस नेपाल पार्टीभित्र विद्यमान खराब प्रवृत्तिविरुद्ध खबरदारी गर्दै प्रतिकूल परिस्थितिलाई अनुकूल वातावरणमा रूपान्तरण गर्ने लक्ष्यसहित सिर्जनशील युवाहरूको संगठनका रूपमा क्रियाशील रहेको छ।
युथ कांग्रेस नेपालको पूर्व केन्द्रीय अध्यक्ष सचिन तिमिल्सिना नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाको काठमाडौँ क्षेत्र नं. ४ बाट उम्मेदवार रहेका छन् भने संगठनका वर्तमान अध्यक्ष यजस्वि राई रहेका छन्। तनहुँ जिल्लामा युथ कांग्रेस नेपालको संस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठ रहेका थिए।

बैठकमा युथ कांग्रेसका पूर्व महामन्त्री राजेश कुमार श्रेष्ठ, नेपाल विद्यार्थी संघ तनहुँ जिल्ला प्रवक्ता सरिन आले, शुक्लागण्डकी नगरपालिका–१ का वडा प्रतिनिधि जब्बर मिया, शुक्लागण्डकी–२ तरुण दलका सभापति चन्द्र थापा, नेपाल विद्यार्थी संघ तनहुँ जिल्ला सदस्यलगायत जेन्जी उमेर समूहका धेरै युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

























