फागुन १० गते रवि लामिछाने र बालेन शाह दमाैली आउने
तनहुँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसहित पार्टीका वरिष्ठ नेता बालेन शाह फागुन १० गते तनहुँ आउने भएका छन्।
पार्टीले आगामी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका शाह देश दौडाहामा रहेका बेला उनीसँगै सभापति लामिछाने तनहुँमा हुने बृहत् आमसभालाई सम्बोधन गर्न आउने कार्यक्रम तय भएको हो।
जिल्ला सदरमुकाम दमौलीमा आयोजना हुने उक्त कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले तथा तनहुँ–२ का उम्मेदवार श्रीराम न्यौपाने पनि सहभागी हुनेछन्।
पार्टीका जिल्ला संगठन प्रमुख अनिल श्रेष्ठ का अनुसार, कार्यक्रम दमौली लगायतका स्थानमा केन्द्रित रहनेछ। आमसभामा पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूको समेत उपस्थिति रहने जनाइएको छ।

रास्वपाले तनहुँ जिल्लामा चुनावी अभियानलाई तीव्र बनाउँदै जनसम्पर्क र संगठन सुदृढीकरणमा जोड दिइरहेको छ। फागुन १० गतेको कार्यक्रमलाई पार्टीले शक्ति प्रदर्शनका रूपमा लिएको बताइएको छ।


























