तनहुँका एसपी कार्कीको अर्को सफलता , अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ

तनहुँका एसपी कार्कीको अर्को सफलता , अवैध भरुवा बन्दुक सहित २ जना पक्राउ

तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्की नेतृत्वको प्रहरी टाेलिले तनहुँमा निकै राम्रो काम गरिरहेको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले देवघाट गाउँपालिका वडा नं. ४ स्थित रिस्ती खोलामा गस्ती गर्ने क्रममा दुई जना व्यक्तिलाई अवैध भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्तिहरू पूर्ण बहादुर गुरुङ (४० वर्ष) र अर्जुन गुरुङ (२४ वर्ष) छन्। उनीहरू बारुद भरिएको (केब नभएको) एक नाले भरुवा बन्दुक २ नाल सहित हिँड्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
प्रहरी टोलीले उनीहरूको खानतलासी गर्दा १३ ग्राम ५०० मिली ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ र फलामका टुक्रा समेत फेला पारेका छन्। पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइ, तनहुँ जिल्ला अदालतबाट हात-हतियार तथा खरखजना सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेको छ।
प्रहरीले थप अनुसन्धान जारी राखेका छन् र यो घटनाले अवैध हतियार र बारुदको प्रयोगलाई नियन्त्रणमा लिन महत्त्वपूर्ण कदम भएको बताएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page