दमौलीमा रास्वपा नेतालाइ कालो झण्डा प्रदर्शन – उज्यालो नेपाल पार्टीको संलग्नता छैन= गिरी

दमौलीमा रास्वपा नेतालाइ कालो झण्डा प्रदर्शन – उज्यालो नेपाल पार्टीको संलग्नता छैन= गिरी

दमौली, तनहुँ — शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू दमौली आउने क्रममा मुख्य चोकमा केही युवाहरूले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागी युवाहरूले उज्यालो नेपाल पार्टीको झण्डा बोकेका थिए।
घटनापछि उज्यालो नेपाल पार्टीका जिल्ला अध्यक्ष अजय गिरीले उक्त विरोध कार्यक्रममा पार्टीको कुनै संलग्नता नरहेको बताएका छन्। उनले पार्टीको तर्फबाट विरोध गर्ने कुनै कार्यक्रम तय नगरिएको जानकारी दिए ।
उज्यालो नेपाल पार्टीका जिल्ला अध्यक्ष अजय गिरिले घटनाप्रति प्रतिक्रिया दिँदै पार्टीको नीति विपरीत केही युवाहरूबाट विरोध भएको बताएका छन्। उनले पार्टीको कुनै निर्देशन, उद्देश्य वा विरोध गर्ने कार्यक्रम नरहेको स्पष्ट पारे।
गिरिका अनुसार एकाएक पार्टीको झण्डा दुरुपयोग गरी विरोध गरिएको हो। आफू घटनास्थलमै उपस्थित रहेको र यस्तो कार्य नगर्न आग्रह गर्दा पनि सम्बद्ध व्यक्तिहरूले अटेर गरेको उनले बताए। विरोधका क्रममा प्रयोग गरिएका केही झण्डा आफूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जानकारी समेत उनले दिए।
सीमित व्यक्तिहरूबाट यस्तो घटना भएको हुन सक्ने उनको भनाइ छ। यस सम्बन्धमा पार्टीको केन्द्रीय तहमा जानकारी गराइसकिएको र यथार्थ बुझिसकेपछि आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए।

पार्टीको झण्डा दुरुपयोग भएकोप्रति उनले दुःख व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page