भानु नगरपालिकाका चार विद्यालयलाई UWS द्वारा स्मार्टबोर्ड हस्तान्तरण

भानु नगरपालिकाका चार विद्यालयलाई UWS द्वारा स्मार्टबोर्ड हस्तान्तरण


तनहुँ — भानु नगरपालिकाका चार वटा विद्यालयलाई “युनाइटेड वर्ल्ड स्कूल्स (UWS) ले एक–एक थान स्मार्टबोर्ड प्रदान गरेको छ। प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले उपलब्ध गराइएको उक्त सामग्रीले कक्षा शिक्षणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
स्मार्टबोर्ड प्राप्त गर्ने विद्यालयहरूमा श्री चन्द्रावती माध्यमिक विद्यालय (भानु–७, चुँदी), श्री त्रिभुवन माध्यमिक विद्यालय (भानु–११, मानेचौका), श्री कर्मदा माध्यमिक विद्यालय (भानु–९, पूर्कोट बाइसजङ्गार) र श्री नारायणी आधारभूत विद्यालय (भानु–५, बारीफाँट) रहेका छन्। सामग्रीहरू भानु नगरपालिकाका जनप्रतिनिधिहरूको रोहवरमा वितरण गरिएको जनाइएको छ।
यसअघि पनि UWS ले भानु क्षेत्रका विद्यालयहरूमा शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तालिम, अभिभावकहरूका लागि Parental Education कार्यक्रम तथा विद्यालयको भौतिक वातावरण सुधारका लागि रंगरोगन लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ।
त्यसैगरी, श्री नारायणी आधारभूत विद्यालयका लागि ११ कोठे पक्की भवन, आधुनिक शौचालय, फर्निचर तथा शैक्षिक सामग्री व्यवस्थापनमा समेत संस्थाले महत्वपूर्ण सहयोग गरेको छ।

कार्यक्रमको समन्वय तथा सहजीकरण UWS तनहुँका कोअर्डिनेटर सिद्धार्थ योञ्जन ले गर्नुभएको थियो।
भानु नगरपालिकाले “गुणस्तरीय र प्रविधियुक्त शिक्षा” अभियानलाई साकार पार्न UWS जस्ता संस्थाको सहकार्य आगामी दिनमा समेत निरन्तर रहने विश्वास व्यक्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page