अवैध रूपमा खयर रुख काट्ने फरार भुजेल पक्राउ
तनहुँ प्रहरीकाे टोलीले फरार अभियुक्तलाई पक्राउ गरेको छ। चितवन जिल्ला अदालतको मिति २०८२ चैत १ गतेको आदेशअनुसार राष्ट्रिय वन क्षेत्रबाट बिना इजाजत अवैध रूपमा टाँचा–निशाना नभएका वन पैदावार (खयर रुख) मा हानि–नोक्सानी गरेको कसुरमा फरार रहेका तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका–५ निवासी वर्ष ४८ का राम बहादुर भुजेललाई पक्राउ गरिएको हो।

प्रहरी टोलीले उनलाई तनहुँको व्यास नगरपालिका–११ क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ पश्चात् आवश्यक कारबाहीका लागि उनलाई जिल्ला डिभिजन वन कार्यालय, चितवनमा बुझाइएको प्रहरीले जनाएको छ।


























