लियो क्लब अफ तनहुँको १७औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बिडारी चयन

लियो क्लब अफ तनहुँको १७औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बिडारी चयन


लियो क्लब अफ तनहुँको १७औँ वार्षिक साधारण सभाबाट लायन्स वर्ष २०२६/२७ का लागि मुकेश बिडारी सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।
यस्तै क्लबमा राम श्रेष्ठ प्रथम उपाध्यक्ष, बिमल अधिकारी द्वितीय उपाध्यक्ष र विशाल रुचाल तृतीय उपाध्यक्ष चयन भएका छन्। त्यस्तै, सल्मा खातुन सचिव तथा दिवश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत भएकाे क्लवले जनाएको छ ।
साधारण सभाको सभापतित्व लायन्स वर्ष २०२५/२६ का अध्यक्ष रोबिन श्रेष्ठले गरेका थिए। उनले क्लबको भौतिक तथा सामाजिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षका गतिविधिहरूको समीक्षा गरेका थिए। साथै, आगामी वर्षमा क्लबलाई थप उचाइमा पुर्‍याउने लक्ष्य रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका डेपुटी चिफ एड्भाइजर लायन श्रीभद्र खनालले लियो क्लबको स्थापना देखी हालसम्मको यात्रा सेवामुखी रहेको उल्लेख गर्दै “सेवा नै मुख्य मर्म हो” भन्ने धारणा व्यक्त गरे। उनले युवाहरूमा सामाजिक उत्तरदायित्व र सेवा भावना विकास गर्न क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए।
नवनिर्वाचित अध्यक्ष मुकेश बिडारीले १८ सदस्यीय नयाँ कार्यसमिति गठन गरिने जानकारी दिँदै आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गरेका छन्। उनले क्लबको गरिमा बढाउने, सामाजिक सेवामा सक्रिय रहने तथा युवाहरूमा नेतृत्व विकास गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, सबै सदस्य, अग्रज तथा शुभेच्छुकहरूको सहकार्यबाट आफ्नो कार्यकाल सफल बनाउने विश्वास व्यक्त गरे।

साधारण सभाका निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष आकाश खनाल रहेका थिए। क्लबले नयाँ नेतृत्वसँगै युवाहरूमाझ सामाजिक सेवाको उत्साह थपिने विश्वास व्यक्त गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page