दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” आज सम्झना लामिछानेको प्रस्तुति रहने

दमौलीमा “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” आज सम्झना लामिछानेको प्रस्तुति रहने


दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” अन्तर्गत आइतबार आज चर्चित गायिका सम्झना लामिछानेको प्रस्तुति मुख्य आकर्षणका रूपमा रहने भएको छ। व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सञ्चालन भइरहेको महोत्सवमा आइतबार दर्शकको विशेष भिड लाग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सम्झना लामिछानेसँगै विष्णु पराजुली, आशा दरै लगायतका कलाकारहरूको पनि प्रस्तुति रहनेछ, जसले महोत्सवको रौनक अझ बढाउने विश्वास लिइएको छ।
यसैबीच, कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहने क्लबका अध्यक्ष विपिन घलेले बताए ।
टाइगर ल्याण्ड युवा क्लवको आयोजनामा सञ्चालन भइरहेको महोत्सव बैशाख ८ गतेसम्म चल्नेछ। महोत्सवमा बालउद्यान, रोटेपिङ, डुंगा (नाउ) तथा ड्रागन खेल जस्ता मनोरञ्जनात्मक गतिविधिहरूका साथै सस्तो बजार पनि सञ्चालनमा रहेको छ।

महोत्सवले स्थानीय कला, संस्कृति तथा उत्पादनको प्रवर्द्धन गर्नुका साथै आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page