दमौलीमा ‘रोयल पार्टी प्यालेस’को बढ्दो लोकप्रियता, एकैपटक ४ कार्यक्रम सञ्चालन क्षमता

दमौलीमा ‘रोयल पार्टी प्यालेस’को बढ्दो लोकप्रियता, एकैपटक ४ कार्यक्रम सञ्चालन क्षमता

दमौलीमा सञ्चालनमा रहेको “रोयल पार्टी प्यालेस” पछिल्लो समय दमाैली र यस क्षेत्रकै भरपर्दो र आकर्षक कार्यक्रम स्थलका रूपमा स्थापित हुँदै गएको छ। युवा व्यवसायी कुमार मल्लले सञ्चालनमा ल्याएको यस पार्टी प्यालेसले सेवा, संरचना र व्यवस्थापनका कारण लोकप्रियता कमाउँदै गएको हो।
मल्लले प्रारम्भमा “दमौली पार्टी प्यालेस” समूह सँग सहकार्य गर्दै व्यवसाय सुरु गरेका थिए। तर व्यवसायिक अनुभव र आत्मविश्वास बढेसँगै उनले करिब तीन वर्षअघि देखि एक्लै “रोयल पार्टी प्यालेस” सञ्चालनमा ल्याएका हुन्।
करिब ८ रोपनी क्षेत्रफलमा फैलिएको यस पार्टी प्यालेस आधुनिक संरचना र पर्याप्त भौतिक सुविधासहित तयार गरिएको छ। यहाँ एकैपटक ४ वटा विवाह, ब्रतबन्ध, भोज तथा अन्य सामाजिक कार्यक्रम सञ्चालन गर्न सकिने क्षमता रहेको छ, जसले ठूलो संख्याका कार्यक्रम व्यवस्थापनलाई सहज बनाएको छ।
रोजगारी सिर्जनाका हिसाबले पनि “रोयल पार्टी प्यालेस”ले उल्लेखनीय योगदान पुर्‍याइरहेको छ। यहाँ मासिक रूपमा करिब ८ जनाले स्थायी रोजगारी पाएका छन् भने विवाह तथा अन्य कार्यक्रमका बेला दैनिक ४० देखि ५० जनासम्मले अस्थायी रोजगारी प्राप्त गर्ने गरेका छन्।
दमौली र आसपासका क्षेत्र मात्र होइन, छिमेकी जिल्ला लमजुङ र गोरखाबाट समेत यहाँ कार्यक्रम आयोजना गर्न आउनेहरूको संख्या बढ्दै गएको छ। सहज पहुँच, फराकिलो स्थान र व्यवस्थापन क्षमताका कारण टाढाबाट समेत ग्राहक आकर्षित भइरहेका छन्।


यस पार्टी प्यालेसको अर्को विशेषता भनेको गुणस्तरीय सेवा हो। यहाँ स्वादिलो र सफा खानाको व्यवस्था, वातावरणमैत्री संरचना, शान्त र सुन्दर स्थान तथा पर्याप्त पार्किङ सुविधा उपलब्ध रहेको छ। यी विशेषताका कारण “रोयल पार्टी प्यालेस” धेरै सेवाग्राहीको पहिलो रोजाइ बन्दै गएको सञ्चालक मल्लले बताए।
भविष्यमा अझ स्तरीय सेवा विस्तार गर्दै क्षेत्रकै नमुना पार्टी प्यालेस बनाउने लक्ष्यका साथ आफू अघि बढिरहेको मल्लको भनाइ छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page