मस्तिष्कघातबाट भादगाउँ खानेपानी संस्थाका अध्यक्ष दरैको निधन

मस्तिष्कघातबाट भादगाउँ खानेपानी संस्थाका अध्यक्ष दरैको निधन


भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तथा दरै समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैको मस्तिष्कघातका कारण निधन भएको छ।
साखर दरै समाज सुधार समितिको तेस्रो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी भएका दरै कार्यक्रममै करिब तीन घण्टा बसेका थिए। कार्यक्रमपछि असहज महसुस गर्दै घर पुगेका उनी अचानक गम्भीर बिरामी परेपछि उपचारका लागि पोखरा स्थित चरक अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको निधन भएको हो।
स्वर्गीय दरै जलदेवि माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत हुनुहुन्थ्यो। विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई सक्रिय रूपमा समाजसेवामा समर्पित व्यक्तित्वका रूपमा उहाँ परिचित हुनुहुन्थ्यो।


उहाँकाे श्रीमती इन्दिरा दरै व्यास नगरपालिकाकाे उपप्रमुख हुनुहुन्छ भने दुई छोरा हाल पोर्चुगल र अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्।
उहाँको निधनले समाजमा अपूरणीय क्षति पुगेको बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page