दमौलीमा ‘पिजन हिल’को बिरयानीको क्रेज, बर्थडे केकदेखि हस्पिटालिटी तालिमसम्म एउटै थलोमा !

दमौलीमा ‘पिजन हिल’को बिरयानीको क्रेज, बर्थडे केकदेखि हस्पिटालिटी तालिमसम्म एउटै थलोमा !

तनहुँको व्यास नगरपालिका–२, दमौलीस्थित घण्टाघर अगाडिको चोकमा रहेको पिजन हिल हस्पिटालिटी पछिल्लो समय बिरयानीका कारण चर्चाको केन्द्र बनेको छ। यहाँ किलोका आधारमा बिरयानी किनेर खान पाइने सुविधा रहेकाले पारिवारिक रूपमा आउने ग्राहकको भीड बढ्दो छ।
उत्कृष्ट स्वाद र सरसफाइका कारण यहाँको चिकेन बिरयानी खान ग्राहकमा लाेकप्रियता बढ्दो छ । चिकेन बिरयानी प्रतिकिलो १२०० रुपैयाँ र भेज बिरयानी ६०० रुपैयाँमा उपलब्ध छ। स्वादकै कारण दमौलीका धेरै व्यवसायीहरू समेत पसल बन्द गरेर सपरिवार यहाँ बिरयानी खान आउने गरेका छन्। पारिवारिक वातावरण, गुणस्तरीय सेवा र सहज होम डेलिभरीले ग्राहकको विश्वास झनै बलियो बनाएको छ।
बिरयानी मात्र होइन, यहाँका बर्थडे केक, मिठाई तथा अन्य परिकारहरू पनि विस्तारै ब्राण्डका रूपमा स्थापित हुँदै गएका छन्। विशेषगरी बर्थडे तथा विशेष अवसरका लागि बनाइने केकहरू ग्राहकको पहिलो रोजाइ बन्न थालेका छन्।
यस सफलतासँगै युवा व्यवसायी विवेक सापकोटाले सञ्चालनमा ल्याएको Pigeon Hill Institute of Hospitality Training Center पनि तनहुँमै हस्पिटालिटी क्षेत्रको पहिलो व्यवस्थित तालिम केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।
नेपाल बैंक अगाडि रहेको भवनमा सञ्चालित यस तालिम केन्द्रमा आधुनिक कक्षाकोठा, व्यावहारिक प्रशिक्षण प्रयोगशाला र होटलजस्तै सिकाइ वातावरण उपलब्ध छ। यहाँ बरिस्ता, बेकरी, कुकिङ, वेटर/वेट्रेस, रिसेप्शन, बारटेन्डर, हाउसकिपिङ लगायतका तालिमहरू सञ्चालन भइरहेका छन्।

यस केन्द्रबाट तालिम लिएका धेरै युवाहरूले प्रमाणपत्र प्राप्त गरिसकेका छन् भने विदेश रोजगारीका लागि समेत मान्यता प्राप्त हुने व्यवस्था गरिएको छ। हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै बेरोजगार युवाहरूलाई रोजगारीतर्फ उन्मुख गराउने लक्ष्यका साथ सञ्चालन गरिएको यो केन्द्रले राम्रो प्रतिक्रिया पाइरहेको छ।
“परिवार नै आएर आरामदायी वातावरणमा बसेर खान सक्ने र गुणस्तरीय सेवा दिने हाम्रो प्रयासले ग्राहकको विश्वास जित्न सफल भएका छौं,” सञ्चालक सापकोटाले बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page