दमाैलीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु
तनहुँ — पराशर आश्रमको आयोजनामा “श्रीमद्भागवत महापुराण सप्ताह विराट ज्ञान महायज्ञ” वैशाख २२ गते आज देखि २८ गतेसम्म पराशर मन्दिरमा सञ्चालन सुरु भएको छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत पराशर क्षेत्रको विकास, संरक्षण र गुरुकुल स्तरोन्नतिमा सहयोग पु¥याउने उद्देश्यले महायज्ञ आयाेजना गरिएको आयोजकले जनाएको छ।
महायज्ञमा पीठाधीश स्वामी श्री १००८ रामानन्द गिरि महाराजको सान्निध्य रहनेछ भने कथा प्रवचन युवा पण्डित सुफल आचार्यबाट हुने बताइएको छ। कार्यक्रममा दैनिक रूपमा पूजा, पाठ पारायण, कथा प्रवचन, आरती तथा भजन–कीर्तन सञ्चालन गरिनेछ।

साेही सन्दर्भमा पहिलो दिन आज बिहान ८ बजे शोभायात्रासहित कार्यक्रम सुरु भएको र बिहान ११:३० बजे औपचारिक उद्घाटन भएको छ। आयाेजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई उपस्थित भई कथा श्रवण गर्न आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।


























