महिला उद्यमीलाई ७ दिने अचार बनाउने तालिम

महिला उद्यमीलाई ७ दिने अचार बनाउने तालिम


दमौली, जेठ ७ — महिला उद्यमी संघ नेपाल तनहुँको आयोजनामा तथा व्यास नगरपालिका वडा नं. २ को आर्थिक सहयोगमा महिला उद्यमीहरूका लागि ७ दिने अचार बनाउने तालिम सुरु भएको छ ।
तालिम कार्यक्रमको उद्घाटन व्यास नगरपालिका वडा नं. २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा ३० जना महिला उद्यमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ का अध्यक्ष इमकुमार मल्ल, अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष दिनेश कुमार श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


यसैगरी वडा सदस्यहरू साना रफत मियाँ, सुरेश वाग्ले, जगतबहादुर बानियाँ, सबिता रसाइली, गैसस महासंघ तनहुँ शाखाकी अध्यक्ष सरला श्रेष्ठ, दमौली बजार इकाइ अध्यक्ष शेषराज श्रेष्ठ, महिला उद्यमी संघ दमौली बजार इकाइकी अध्यक्ष पवित्रा खनाल, मादीसेती बचत तथा ऋण सहकारीकी व्यवस्थापक निरुमाया दुरा, महिला उद्यमी विकास समितिकी उपाध्यक्ष बिमला श्रेष्ठ तथा प्रशिक्षक संघकी प्रथम उपाध्यक्ष तुलशी शाहलगायतको सहभागिता रहेको थियो ।
महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल ले तालिमले महिलाहरूलाई सीपमूलक व्यवसायमार्फत आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page