व्यासमा चट्याङ लागेर दुई जना घाइते, भरतपुर रिफर

व्यासमा चट्याङ लागेर दुई जना घाइते, भरतपुर रिफर


तनहुँको व्यास नगरपालिका–१४ रुम्सीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार साँझ करिब ६ बजे स्थानीय सन्तराज थापाको घरको आँगनमा एक्कासी चट्याङ पर्दा त्यहाँ रहेका दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा बुलिङटार गाउँपालिका–१ बस्ने ३५ वर्षीया भिमकुमारी थापा र व्यास नगरपालिका–१४ रुम्सी बस्ने ६७ वर्षीया पुरनमाया थापा रहेका छन् ।


दुवै जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि CMC Hospital रिफर गरिएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page