देवघाटमा विद्यालयका IT शिक्षक तथा कर्मचारीका लागि ५ दिने क्षमता विकास तालिम सुरु

देवघाटमा विद्यालयका IT शिक्षक तथा कर्मचारीका लागि ५ दिने क्षमता विकास तालिम सुरु


तनहुँ, देवघाट, जेठ २७
तनहुँकाे देवघाट गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय विद्यालयका सूचना प्रविधि स्रोत शिक्षक तथा कर्मचारीहरूको लागि ५ दिने “सूचना प्रविधिसम्बन्धी क्षमता विकास तालिम” बुधबारदेखि सुरु भएको छ।
तालिमको शुभारम्भ आज देवघाट गा.पा. स्थित तालिम हलमा भएको हो। तालिममा सहभागी शिक्षक तथा कर्मचारीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, MS Office प्याकेज, इन्टरनेट तथा इमेलको प्रयोग, अनलाइन कक्षा सञ्चालन, डिजिटल कन्टेन्ट निर्माण र विद्यालयको शैक्षिक तथ्यांक व्यवस्थापन सम्बन्धी व्यावहारिक सीप सिकाइने देवघाट गापाले जनाएको छ।
तालिमले विद्यालय तहमा प्रविधिको प्रयोग बढाएर गुणस्तरीय शिक्षा दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


देवघाट गाउँपालिकाका अनुसार डिजिटल शिक्षा प्रणालीतर्फ अघि बढ्ने क्रममा शिक्षकको प्राविधिक क्षमता अभिवृद्धि गर्न यस्ता तालिम निरन्तर सञ्चालन गरिने गापाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page