इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा CAP निरीक्षण सम्पन्न

इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा CAP निरीक्षण सम्पन्न


दमौली, जेठ २७ — अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना (Crime Action Plan-CAP) अन्तर्गत इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँमा अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखराबाट प्रहरी उपरीक्षक लालध्वज सुबेदी नेतृत्वको टोलीले कार्यालय भवन, हिरासत कक्ष, अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लगायत विभिन्न शाखाको निरीक्षण गरेको थियो।


निरीक्षणका क्रममा कार्यालयबाट प्रवाह भइरहेका सेवा तथा कार्यसम्पादनबारे जानकारी लिँदै प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिइएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page